काठमाण्डाै, १९ माघ । श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलिया एक पारी र २ सय ४२ रनले विजयी भएको छ । टेस्ट क्रिकेटमा श्रीलङ्काको यो अहिलेसम्मकै ठूलो हार हो ।
‘फलोअन’ मा परेर दोस्रो पारीको ब्याटिङ गरेको श्रीलङ्का चौथो दिनको खाना समयपछि २ सय ४७ रन बनाउँदा अलआउट भयो । दोस्रो पारीमा श्रीलङ्काका जेफ्रे भन्डेरसेले सबैभन्दा धेरै ५३ रन बनाए । अस्ट्रेलियाका म्याथ्यु कुह्नेमान र नाथन लायनले ४/४ विकेट लिए ।
यस्तै श्रीलङ्का पहिलो पारीमा १ सय ६५ रनमा अलआउट भएको थियो । पहिलो पारीमा श्रीलङ्काका दिनेश चन्डीमलले ७२ रन बनाए । अस्ट्रेलियाका कुह्नेमानले ५ विकेट लिए ।
यसअघि गालेमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पारीमा ६ सय ५४ रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । पहिलो पारीमा अस्ट्रेलियाका उस्मान ख्वाजाले दोहोरो शतक, स्टिभ स्मिथ र जोश इन्ग्लिसले शतक तथा ट्राभिस हेडले अर्धशतक बनाए । श्रीलङ्काका प्रभात जयसूर्या भन्डेरसले ३/३ विकेट लिए ।
घरेलु टोली श्रीलङ्का र अस्ट्रेलियाबीचको दोस्रो तथा अन्तिम टेस्ट आउँदो बिहीवारदेखि गलेमा शुरू हुनेछ ।