Logo

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



झापा, २ असार । झापा गाउँपालिकामा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

झापा गाउँपालिका-३ निवासी २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका अलीको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा बुधबार राति साढे १० बजे मृत्यु भएको हो ।

झापा-३ स्थित कत्लामारीको भित्री सडकमा बुधवार दिउँसो १:५० बजे उत्तरबाट दक्षिण तर्फ गइरहेको मे ११ प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मे १ त ४४१८ नम्बर को ट्याक्टरले पछाडिबाट ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्