Logo

ट्याक्टरले अटोलाई ठक्कर दिँदा कमलाको मृत्यु



झापा, २४ असार । झापाको कनकाई नगरपालिकास्थित एकान्त टोलको भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ त ७८३१ नम्बरको ट्याक्टरले रोकिराखेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परेको अटोमा सवार कनकाई-३ की ३४ वर्षीया कमला नेपालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्याक्टर र चालक कनकाई-७ का २४ वर्षीय यतुवा मर्डीलाई इलाका प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्