Logo

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



सप्तरी, २५ वैशाख । सप्तरीको बोदे बर्साइन नगरपालिका-७ मुसहरी टोलमा आज भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

अनियन्त्रित भई पल्टिएको प्र २-०१-००१ त २००१ नम्बरको ट्याक्टरको इञ्जिनले च्यापिएर मुसहरी टोलका राजिन पोद्दारका छोरा १९ वर्षीय शिवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

भित्री खेतमा जाने बाटोको धामिथान पोखरीमा ट्याक्टर अनियन्त्रित भई पल्टिएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्