Logo

ट्रकको ठक्करबाट अटो चालकको मृत्यु



धादिङ, २१ जेठ । धादिङको थाक्रे गाउँपालिका-१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ ।

काठमाडौँबाट गजुरीतर्फ आउँदै गरेको ना६ख १२७२ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३-००१ह १८१७ नं को अटोलाई ठक्कर दिँदा अटो चालक नीलकण्ठ नगरपालिका-५ खाल्टे घर भई बेलकोटगढी निवासी ३५ वर्षीय कमल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्