Logo

ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु



कलङ्की, १५ जेठ । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ ।

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१-००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२-००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्