Logo

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



दाङ, १३ जेष्ठ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० सेवार खोला नजिकै गएराति रा १ क ४३७३ नम्बरको ट्रकले रा ५ प १५३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्य भएको हो ।

दुर्घटनामा घोराही-१९ नयाँ बस्तीका २५ वर्षीय बागकुमार पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्