चितवन, ४ असार । चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज रत्ननगर नगरपालिका-९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना४ख २७४८ नंको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका-१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकरीले जानकारी दिए।