Logo

ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु



 

धनुषा, १३ वैशाख । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

ना.२ख ८६२४ नंको ट्रकमा लु८३ प ८६५१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै बिदेह नगरपालिका-६ का २२ वर्षीय अविनाश मण्डलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । मृतक एक जनाको खनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्