Logo

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको मृत्यु



पाल्पा, २१ माघ । पाल्पामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारत घर भइ हाल स्याङ्जाको वालिङ नगरपालिका-८ बस्ने ३६ वर्षीय विनय चौधरी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ग २ ख ८४३ नम्बरको ट्रकले तिनाउ गाउँपालिका-५ चौबीस माइलमा दिउँसो पौने १२ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते चौधरीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्