काठमाडौँ, २४ कार्तिक । काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका-३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२-०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको गए राति मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका-९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना राना मगर रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।






