Logo

ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु, क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध



सुर्खेत, २१ माघ । ट्रकले ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन् ।

कालिकोटबाट सुर्खेतका लागि जाँदै गरेको भे १ ख ३५१८ नम्वर ट्रकले गए राति कर्णाली राजमार्गको जाक्सी नजिक ठक्कर दिंदा दैलेखको आठबीस नगरपालिका-३ जाक्सीका ४५ वर्षीय तिलबहादुर माझीको घटनास्थलमै ज्यान गएको थियो ।

ठक्कर दिएर पैदल यात्रीको ज्यान गएपछि भाग्दै गरेको ट्रकलाई २ किलोमीटर टाढा रोकेपछि चालक फरार भएका थिए । चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताए ।

चालकलाई पक्राउ गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति माग राख्दै आफन्तजनले सडक अवरुद्ध गराएपछि स्थानीय प्रशासनको पहलमा गाडी धनी सुर्खेतबाट भरखर राकम पुगेको र छलफल भइरहेको प्रहरीले जनाएको छ ।

मृतका आफन्तजनले चालकलाई पक्राउ गर्नुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति माग सम्बन्धमा छिटो समाधान निकाल्ने र सडक खुलाउने विषयमा पहल भइरहेको आठबीस नगरपालिकाका मेयर तर्कबहादुर बडुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्