Logo

ट्रक पल्टिँदा चालकको मृत्यु



गुल्मी, २२ साउन । गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा-१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका-३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको छ ।

ट्रक आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्