झापा, ३० पुस । झापाको बाह्रदशीमा ट्रयाक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ निवासी पूर्णबहादुर खातीका ४ वर्षीय छोरा फडिन्द्र खाती रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार शनिवार दिउँसो डेढ बजे राजगढ-चारपाने सडकखण्डअन्तर्गत बाह्रदशी–६ स्थित बाह्रदशीडाँडा नजिकै दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र-१-०१-००१ त ८९५९ नम्बरको इँटा लोड भएको ट्रयाक्टरले बाटो काट्दै गरेका पैदलयात्री बालक खातीलाई ठक्कर दिएको थियो ।
ट्रयाक्टरको अगाडिको चक्काले किच्दा बालकको घटनास्थलमै मृत्यु भएको हो ।






