मकवानपुर, २० असार । मकवानपुरको बागमती गाउँपालिकामा विवाहको जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २६ जना घाइते भएका छन् ।
आइतबार साँझ पूर्वी मकवानपुरको बकैया-७ को बेतिनीबाट बेहुली लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना६त ८०७३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा सिन्धुलीकी १६ वर्षीय किशोरी सलिना राईको मृत्यु भएको हो ।
मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले घाइतेको उपचार हेटौँडास्थित विभिन्न अस्पतालमाभइरहेको प्रहरीले जनाएको छ ।