Logo

ट्र्याक्टरको ठक्करबाट तामाङको मृत्यु



सङ्खुवासभौँ, ४ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए ।

आज बिहान को २ त३२१६ नंको ट्र्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए ।

ट्र्याक्टर चालक मकालु गाउँपालिका-१ का २४ वर्षीया तीर्थसिंह तामाङ फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्