दाङ, १९ साउन । दाङमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान लमही नगरपालिका-६ देउपुरमा लु ४ त ८१०६ नम्बरको ट्र्याक्टरबाट खसेर १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो ।
ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।






