Logo

ट्र्याक्टर चालक हिङ्माङ मृतावस्थामा फेला



खोटाङ, १९ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङका २७ वर्षीय ट्र्याक्टर चालक किसन हिङ्माङ मृतावस्थामा फेला परेका छन् ।

दिक्तेलस्थित किरातचोकमा सञ्चालित लाहुरे हार्डवेयरको ट्र्याक्टर चालक हिङ्माङ आज बिहान सुतेकै ठाउँमा मृत फेला परेका हुन् ।

हिङ्माङको नाकबाट रगत बगिरहेको देखिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक रोमणराज अर्यालले बताए ।

दिनभर घरधनीको कोदो रोप्ने काममा सघाएका हिङ्माङ बिहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत फेला परेको स्थानीय राजन केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्