काठमाडौँ, २ भदौ । साउदी अरबको एक अदालतले सोसल मिडिया ट्वीटरमा महिला अधिकार सम्बन्धी सामग्री ट्वीट र रिट्वीट गरेको आरोपमा एक महिलालाई ३४ वर्ष कारबासको सजाय तोकेको छ ।
साउदी रेरोरिजम अदालतले ट्वीटर प्रयोग गर्ने सलमा अल-शेहबाबलाई ३४ वर्ष काराबासको सजाय तोकेको हो । अदालतले काराबासको सजाय भुक्तान भए पछि थप ३४ वर्ष यात्रामा प्रतिबन्ध लगाउने आदेश दिएको डेलीमेलको समाचारमा उल्लेख छ ।
शेहबाबले ट्वीटरमा महिला अधिकारका विषयमा कुरा लेखेकी थिइन् । कारबासमा रहेकी Loujain al-Hathloul लगायतका महिलाको रिहाइको माग गरेकी थिइन् । साउदी सरकारले शान्ति भंग गरेको आरोप लगाएको छ । सुरुमा ६ वर्ष कैद साजय तोकिएकी शेहबाबलाई टरोरिजम अदालतले सोमबार ३४ वार्षको कैद सजाय र ३४ वर्षको यात्रा प्रतिबन्ध लगाएको हो । उनका ४ र ६ वर्षका दुई छोराछोरी छन् ।







