Logo

ठूला राजनीतिक दलप्रति नागरिकले चासो देखाएनन्: सभापति देउवा



काठमाडौँ, ११ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपचुनावमा पनि ठूला राजनीतिक दलप्रति नागरिकले चासो नदेखाएको बताएका छन् ।

सोमवार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले उपचुनावमा पनि ठूला पार्टीप्रति नागरिकको त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औँल्याएको बताएको पार्टीका सांसद रामहरि खतिवडाले बताएका हुन् ।

उनले पार्टी सभापति देउवाले बैठकमा आउँदो वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग चासो राखेको बताए ।

उनले भने, ‘बैठकमा पार्टी सभापतिज्यूले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने? उपचुनावले पनि ठूला पार्टीप्रति नागरिकको त्यति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्योसँगै कांग्रेसले बजेट ल्याउँदा नागरिकलाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ भनेर उनले भने ।’

प्रतिक्रिया दिनुहोस्