डडेल्धुरा, १७ असोज । कैलालीको अत्तरियाबाट बझाङतर्फ गइरहेको बस र बझाङबाट धनगढीतर्फ आइरहेको ट्रक आपसमा ठोक्किएका छन् ।
डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ स्थित गाङखेतमा बस र ट्रक ठोक्किएका हुन् ।
ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका अनुसार सोमबार सुदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते दुई जनालाई धनगढी र दुई जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले बताएको छ ।






