काठमाडौं, २७ जेठ । नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलर, कुवेती दिनार तथा बहराइन दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्यमा गिरावट आएको छ। यी मुद्राको भाउ मंगलबार भने बढेको थियो।
राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा थियो।
उल्लेखनीय रूपमा, यही जेठ ७ गते अमेरिकी डलरको विनिमयदर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यस दिन डलरको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा रहेको थियो।
यस्तै, आज युरो १ को खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९१ पैसा तोकिएको छ। मंगलबार युरोको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा थियो।
पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। अघिल्लो दिन यसको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा रहेको थियो।
अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा तथा बिक्रीदर १०७ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ। मंगलबार यसको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा थियो। पछिल्ला केही दिनदेखि अस्ट्रेलियन डलरको विनिमयदर निरन्तर ओरालो लागिरहेको देखिएको छ।
त्यसैगरी, कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५४ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिददर ४९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४० पैसा थियो।
बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। मंगलबार यसको खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा रहेको थियो।
राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक विवरण केन्द्रीय बैंकको आधिकारिक वेबसाइटबाट हेर्न सकिने बताएको छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर









