Logo

डलर स्थिर, युरो–पाउन्ड र अस्ट्रेलियन डलरको भाउ घट्यो



काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरो, पाउन्ड स्ट्रलिङ र अस्ट्रेलियन डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घटेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ। आइतबार पनि डलरको विनिमयदर यही रहेको थियो।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा थियो। यस्तै, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा कायम गरिएको छ, जुन आइतबारको तुलनामा घटेको हो।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा तोकिएको छ। आइतबार यसको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा रहेको थियो।

राष्ट्र बैंकले स्विस फ्र्याङ्क, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायत अन्य विदेशी मुद्राको विनिमयदर पनि सार्वजनिक गरेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि सम्बन्धित बैंक तथा राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्