Logo

डलर स्थिर, युरो र पाउन्ड ओरालो; अस्ट्रेलियन डलर र बहराइन दिनारको मूल्य बढ्यो



काठमाडौं, १ असार । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य लगातार तेस्रो दिन पनि स्थिर रहेको छ भने युरो र पाउन्ड स्ट्रलिङको भाउ घटेको छ। यता, अस्ट्रेलियन डलर र बहराइन दिनारलगायत केही मुद्राको मूल्य भने बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। यो दर आइतबार र शनिबारकै बराबर हो। यसअघि जेठ ७ गते अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुग्दै खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।

युरोको विनिमयदर भने घटेको छ। आज एक युरोको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। अघिल्लो दिन यसको खरिददर १७७ रुपैयाँ ८० पैसा र बिक्रीदर १७८ रुपैयाँ ५० पैसा रहेको थियो।

त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य सामान्य रूपमा घटेको हो।

अस्ट्रेलियन डलर भने केही बलियो बनेको छ। आज एक अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा वृद्धि हो।

कुवेती दिनारको विनिमयदर स्थिर रहँदै खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा कायम गरिएको छ। बहराइन दिनारको मूल्य भने सामान्य रूपमा बढ्दै खरिददर ४०२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ४० पैसा पुगेको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने भएकाले अद्यावधिक जानकारीका लागि राष्ट्र बैंकको वेबसाइट हेर्न आग्रह गरेको छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्