Logo

डाक्टर कुटेको विरोधमा बैतडीका चिकित्सक आन्दोलित



हेटौँडा, २८ भदौ । हेटौँडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त विंडारीमाथि साङ्घातिक आक्रमण भएको विरोधमा बैतडीका चिकित्सक आन्दोलित भएका छन् ।

अस्पतालमा कार्यरत डाक्टरमाथि भएको आक्रमणको निन्दा गर्दै जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सकले आज कालोपट्टी बाँधेर विरोध गरेका हुन् ।

दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबारदेखि सेवा बन्द पार्ने उनीहरूले बताए ।

डाक्टरमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नहुँदासम्म बिरामीको जाँच गर्न नसिकने चिकित्सकले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यसैबीच आन्दोलित चिकित्सकले शुक्रबारदेखि जिल्ला अस्पताल बैतडीमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने जनाएका छन् । दोषीमाथि कारबाही नभएसम्म आन्दोलनका कार्यक्रम नरोकिने उनिहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्