Logo

डाक्टर कुट्नेलाई कानुनी दायरामा नल्याए देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी



काठमाडौँ, २८ भदौ । नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

चिकित्सक सङ्घले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि भएको कुटपिटको निन्दा गर्दै आफ्ना माग पूरा नभएमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो ।

बिरामीको उपचारमा लापर्बाही भएको भन्दै मृतकका आफन्तले डाक्टरलाई ज्यानै मार्ने उद्देश्यका साथ कुटपिट भएको सङ्घको दाबी छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि बुधवार कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्