Logo

डा.केसीको अनशन तोडियो



काठमाडौँ, ९ असोज । सरकारसँगको १० बुँदे सहमतिपछि डाक्टर गोविन्द केसीले अनशन तोडेका छन् ।

विभिन्न मागसहित अनशनमा बसेका डा.केसीसँग सरकारको वार्ता टोलीका सदस्यहरूले शनिबार बेलुका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गरेपछि उनले अनशन तोडेको डा.केसीका सहयोगी तथा वार्ता टोलीका सदस्य प्रितम सुवेदीले जानकारी दिए ।

केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । पछिल्लो पटक कैलालीबाट अनशन सुरु गरेका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज ५ गते थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।

केसीका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । ।

प्रतिक्रिया दिनुहोस्