काठमाडौँ, २८ असोज । सरकारले डाक्टर गोविन्द केसीसँग भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारद्वारा गठित वार्ता टोली र केसीबीच गएको असोज ८ गते भएको सहमतिको पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
उनले भने, ‘नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्राध्यापक डा. गोविन्द केसीबीच मिति २०७९र६र८ गते सम्पन्न सहमति पत्र अनुमोदन गरी कार्यान्वयन गर्ने ।’