धनगढी, २ पुस । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन् ।
गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका-७ कि रेनुका चौधरी र धनगढी-१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका केसी अनसन तोडेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुनेछन् । डा.केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए ।