Logo

डा.दिनमणि पोखरेल महान्यायाधिवक्ता नियुक्त



काठमाडौँ, १३ पुस । डा.दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा अधिवक्ता पोखरेललाई नेपालको महान्यायाधिवक्ता पदमा बुधवार नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार राष्ट्रपति भण्डारीसमक्ष अधिवक्ता डा.पोखरेललाई महान्यायाधिवक्तामा सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्