Logo

डा. भट्टराई अलग्गिने भएपछि जसपाले मन्त्रीलाई फिर्ता बोलायो



 काठमाडौँ, १७ असार । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम तय भइनसकेको जसपा कार्यलय सचिव प्रकाश अधिकारीले बताए ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन् ।

नेकपा एकीकृत समाजवादीले पनि यसअघि सरकारबाट आफ्ना मन्त्री हेरफेर गरेको थियो । मन्त्री हेरफेर प्रकारण एकीकृत समाजवादीमा लफडा भएको थियो । जसपामा डा. बाबुराम भट्टराई पार्टीबाट अलग हुने भएपछि अध्यक्ष यादवले आफुपक्षीय सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेका छन् ।

डा. भट्टराई र अध्यक्ष यादवबीच बिहिबार पार्टीमा अन्तर संघर्ष बढेकाले आआफ्नो बाट लाग्ने सहमति गरेका छन् । पार्टीबाट अलग भएपनि सहकार्य जारी गर्ने र गालीगलोज र आरोपप्रत्यारोप नगर्ने सहमति गरेका छन् । डा. भट्टराई आफ्नो समूह अलग भएर माओवादी केन्द्रसँग सहकार्य र एकताको प्रक्रियामा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्