Logo

डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँ घट्यो



काठमाडौँ, १४ कात्तिक । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्