Logo

डुङ्गा डुब्दा आठ बालबालिकाको मृत्यु, तीन जना बेपत्ता



file photo

कम्बोडिया, २८ असोज । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुङ्गा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ ।

सानो डुङ्गामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेको स्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन् ।

पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ । दुई वयस्क ,डुङ्गा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्