काठमाडौँ, १५ असोज । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता डेंगु संक्रमितको संख्या बढेको हो । हाल देशभर ३० हजार १८६ जना डेंगुका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।
डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ । यो संख्या नेपालमा डेंगु देखिए यताको सर्वाधिक हो ।