Logo

डेंगुका बिरामीको संख्या ३१ हजार नाघ्यो, ४१ जनाको मृत्यु



काठमाडौँ, १८ असोज । देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो । यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो ।

हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्