Logo

डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमाडौँ, २८ असोज । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा डेङ्गुको संक्रमणबाट दुई जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ४७ पुगेको छ ।

पछिल्लो एक दिनमा एक हजार ७८७ जना डेंगु संक्रमित थपिएका छन् । यससँगै कूल संक्रमतिको संख्या ३८ हजार ९१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्