Logo

डेङ्गीका बिरामी बढ्दै



काठमाडौँ, २६ साउन । काठमाडौँ उपत्यकाससहित ६० जिल्लामा डेङ्गीका बिरामी भेटिएको छ ।

पछिल्लो ८ महिनामा ९ सय ४ जनामा डेङ्गी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डाक्टर गोकर्ण गौतमले गएको पुसदेखि हिजोसम्ममा ९ सय ४ जनालाई डेङ्गी भएको जानकारी दिए ।

गएको वर्षको यो अवधिमा ५ सय ४० जनालाई डेङ्गी भएको थियो । यसपालि छिट्टै पानी पर्न थालेकाले लामखुट्टेलाई वृद्धि विकास गर्ने वातावरण बन्दा डेङ्गी पनि फैलिएको डाक्टर गौतमले बताए ।

डेङ्गी फैलिन थालेपछि इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पालिका तथा जिल्ला स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा नष्ट गर्ने काम गरिरहेको छ । अहिलेसम्म ललितपुर र रुपन्देहीमा डेङ्गीका बिरामी धेरै भेटिएका छन् । यी दुई जिल्लामा १ सय ५० भन्दा धेरै जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी फैलिने जोखिम अब झन् धेरै रहेको छ ।

अघिल्ला वर्षहरुमा भदौदेखि सङ्क्रमण बढेको देखाएकाले पनि सङ्क्रमण बढ्न सक्ने अनुमान गरिएको छ । यसअघिका तथ्याङ्कले कात्तिक महिनाको अन्तिमसम्म पनि डेङ्गीका बिरामी भेटिएका देखाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पानी पर्ने र घाम लाग्ने क्रम नरोकिएकाले पनि डेङ्गीको जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्