Logo

डेङ्गीको संक्रमणबाट थप दुई जनाको मृत्यु



काठमाडौँ, १३ असोज । नेपालमा डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३८ जना पुगेको छ ।

गएको साउनदेखि बिहीवारसम्म डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

डेङ्गीको सङ्क्रमण देशभर फैलिएको छ । अहिलेसम्म देशभरका २८ हजार एक सय नौ जनामा डेङ्गी पुष्टि भएको सरकारी तथ्याङ्क छ । प्रदेशगतरूपमा सबैभन्दा धेरै बाग्मतीमा २१ हजार नौ सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा तीन हजार एक सय २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश १ मा आठ सय २९, मधेस प्रदेशमा चार सय १३, गण्डकीमा ६ सय ७७, कर्णालीमा दुई सय ३८ र सुदूरपश्चिम प्रदेशमा आठ सय ५० जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेङ्गीबाट जोगिने एकमात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो ।

प्रतिक्रिया दिनुहोस्