काठमाडौँ, ४ असोेज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रूपमा फैलिएको डेङ्गी नियन्त्रणका लागि सरकारले चालेका कदमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको नेपाल चिकित्सक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले पालिकाले समेत डेङ्गी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरेका छन् ।
कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपत्कालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचना भने निर्माण गर्न नसकेको उनको भनाइ थियो । डेङ्गी नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने उनले बताए ।