Logo

डेङ्गु संक्रमणबाट बालकको मृत्यु



तनहुँ, २६ असोज । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शितल चोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताए । छ वर्षीय बालकको निधनसँगै व्यास नगरपालिकामा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

डेङ्गु सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका-१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका-११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका-२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका-२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्