Logo

डेनमार्ककी भिक्टोरिया जैरलाई ‘मिस युनिभर्स– २०२४’ को ताज



काठमाडौं, २ मंसिर । मिस युनिभर्सको ताज डेनमार्ककी २१ वर्षिया भिक्टोरिया जैरले हात पारेकी छिन् ।

मेक्सिको सिटीमा भएको भव्य ग्राण्ड फिनालेमा सुन्दरी जैरले ताज हात पारेकी हुन् । मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै सम्पदा घिमिरेले सहभागिता जनाएपनि उनी शुरुवाती चरणबाटै बाहिरिइकी थिइन् । उनले शुरुवाती चरणमा भएको परिचय राउण्डमा नेपालको राष्ट्रिय गाउन प्रस्तुत गरेकी थिइन् ।

प्रतियोगितामा नाइजेरियाकी निदिम्मा अडेत्शिना फस्ट रनरअप भइन् भने मेक्सिकोकी मारिया फर्नान्डा बेल्ट्रान सेकेन्ड रनरअप भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्