कालीकोट, २७ मंसिर । गएको शनिवार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-१ अँधेरीखोला भिरमा भएको डोजर दुर्घटनामा बेपत्ता भएका तीन जनामध्य दुई जनाको शव भेटिएको छ ।
सहायक प्रहरी निरीक्षक आशिष रावतको कमान्डमा कालीकोट पुगेको गोताखोरको टोलीले सान्नी त्रिवेणी-१ का १९ वर्षीय उमेश गिरी र डोजर चालक अछामका कमल सोडारीको शव फेला पारेको सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक मित्र श्रेष्ठले जानकारी दिए ।
गोताखोरको टोलीले घटनास्थलमा सान्नी त्रिवेणी गाउँपालिका-१ का १४ वर्षीय रक्तिम कार्कीको शव खोजिरहेको छ । शनिवार भएको दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन् । दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।






