Logo

डोटीबाट आले निर्वाचित



डोटी, ८ मङ्सिर । प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार प्रेमबहादुर आले विजयी भएका छन् ।

उनले २७ हजार दुई सय १० मत ल्याई पुनः विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की गौरी ओलीले २३ हजार चार मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्