Logo

डोटीमा बस दुर्घटना: १२ जना घाइते, १८ महिनाका बालक बेपत्ता



डोटी, ७ जेष्ठ । डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका-१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

बस सडकबाट सेती नदीको किनारमा खसेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्