डोटी, २ साउन । विद्यालय बाहिर रहेका किसोरीलाई लक्षित गरी डोटीमा २१ दिने रुपान्तरण कक्षा तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोग दिपायल सिलगढी नगरपालिकाको समन्वय र बास नेपालको आयोजनामा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनामा रुपान्तरण कक्षा आईतबार देखि संचालनमा आएको हो । बास नेपालको बाल संरक्षण परियोजना अन्तर्गत किसोरीका लागि सामाजिक तथा आर्थिक शीप बिकास तालिम (रुपान्तरण कक्षा)को एक कार्यक्रमका बीच नगर उपप्रमुख कलावती साउँदले उद्घाटन गरेकी हुन् ।
तालिमको उद्घाटन गर्दै उपप्रमुख साउँदले विद्यालय बाहिर रहेका शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षाको पहुचमा पुर्याउन तालिमले सहयोग पुग्ने बताइन् , उनले समाज हुने गरेका विभिन्न कुरुती, बिकृती बिसंगती, लैगिंक हिंसाको बारेमा कक्षामा छलफल गर्न आग्रह गरिन् । रुपान्तरण कक्षा दिपायलय सिलगढी नगरपालिकाका अन्य वडाहरुमा आवश्यक रहेको समेत उप प्रमुख साउँदले बताईन् ।
विद्यालय बाहिर रहेका, दलित समुदायका किसोरीलाई समेटेर कक्षा संचालन गर्ने हुदाँ कक्षा प्रभावकारी हुने दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हर्क बहादुर साउँदले बताए । उनले नगरपालिकाको दुर्गम वडामा कक्षा संचालन गरी दिनु भएकोमा बास नेपाललाई धन्यबाद ज्ञापन समेत वडा अध्यक्ष साउँदले गरेका थिए ।
युनिसेफ नेपालको सहयोगमा बास नेपालले संचालन गरेको बाल संरक्षण परियोजना अन्र्तगत पालिका भित्र विभिन्न वडामा रहेका १९ वर्ष भन्दा मुनीका ५० जना किसोरीको २ वटा समूह वडा नम्बर ५ र ९ मा कक्षा संचालन गरिने बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, पत्रकार, बास नेपालका कर्मचारी र प्रशिक्षार्थीको सहभागिता थियो ।







