Logo

ड्रोन आक्रमणमा मारिए अल कायदाका नेता



अमेरिका, १७ साउन । अल कायदा नेता अयमान अल-जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेको बीबीसीले जनाएको छ । उनले विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि बताएका छन्  ।

इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए । उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्