Logo

ढलेको सीमा पिलरमा भारतीयको लुगा धुने ठाउँ



झापा, २७ फागुन । नेपाल भारत सीमा छुट्याउने दसगजा क्षेत्रमा गौरीगंज गाउँपालिका वडा नं (४ को बाह्रसुद्दीको ढलेको सीमा पिल्लरमा भारतीय नागरिक लुगा धुन थालेका छन् ।

बाह्रसुदीको गौरीया खोलाको ढलेका १४९ को २४ नंम्बर पिल्लर गएको असारको बाढीले ढलेको हो । ढलेको पिलर उठाउने वा मर्मत गर्ने काम भएको छैन । स्थानीय भारतीय नागरिकले लडेको पिल्लरलाई लुगा धुने र नुहाउने काममा प्रयोग गरिरहेका छन् ।

गौरीगंज क्षेत्रमा झापा जिल्लाको पश्चिम सिमाना रतुवा देखि पूर्वमा किस्ने खोलासम्म ठुला साना गरि ४९ वटा पिल्लर रहेका छन् । गौरीगंज गाउँपालिका वडा नं ४ को बाह्रसुदी वस्तीमा नेपाल तर्फनै पि पि ३३ नम्बरको पुरानो पिल्लर रहेको छ । पुरानो पिलर रहेको स्थानमा ८ र ९ घर ऋवहरुको बस्ती छ ।

केही वर्ष अघि नेपाल भारत दुबै तर्फबाट संयुक्त रुपमा नापी भएको पुरानो ३३ नम्बर पिलर नेपाल तर्फ परेको यकिन गरेको थियो । उत्त स्थानमा नयाँ नाप अनुसार सीमा केही दक्षिणतर्फ सरेको भएर नयाँ पिलर गाडिएको स्थानिय जयराम ऋषिदेव बताउँछन् ।

पुरानो पिलर भएको स्थानमा बसोबास गरिरहेका ऋषिदेव परिवारसँग नेपाली नागरिकताको प्रमाणपत्र छ । ‘हामी नेपाली हौ । पुस्तौदेखि यहाँ बसिरहेका छौ स्थानिय जयराम ऋषिदेवले भने–तर पनि भारतीय प्रहरीले बेलाबेलामा आएर पुरानो पिलरलाई सुम्सुम्याएर जान्छन् ।’

पहिला पहिला त हामीलाई घर छोडेर यहाँबाट भाग भनेर भारतीय प्रहरीले भन्ने गरेको जयरामले बताए । नेपाल भारतको संयुक्त सर्भे टोलीले जुन समय नयाँ पिलर गाडेपछि पुरानो पिलरका बारेमा भन्न नआएको उनले बताए । कोचिला न्युजबाट

प्रतिक्रिया दिनुहोस्