काठमाडौं, १ जेठ । ढल्केबर मुजफरपुर प्रसारण लाइनमा समस्या आउदा काठमाडौं लगायत पुर्वी नेपालमा समस्या आएको छ । आज दिनभर नै काठमाडौं लगायतका ठाउँमा समस्या आएको हो ।
भारतबाट नेपालमा हाल बिजुली आयात भइ रहेको ४ केभी ढल्केबर मुजफरपुर लाइनमा भारत तर्फ आएको समस्याले गर्दा लाइन जाने आउने गरेको नेपाल विधुत प्राधिकरणले बताएको छ ।
प्राधिकरणका प्रवक्ता राजभाइ सिल्पाकारले प्राधिकरणका सबैले मर्मतको काम गरिरहेको र अबको आदि घन्टामा समस्याको समाधान हुने बताए । एक ठाउको नभई काठमाडौ लगायत मध्य र पुर्बी नेपाल भरीनै यो समस्या हो।