Logo

ढाकाबाट काठमाडौँका लागि उडेको जहाज पटनामा आकस्मिक अवतरण



काठमाडौँ, २२ वैशाख । बङ्गलादेशकाे ढाकाबाट काठमाडौँको लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ ।

विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक टोलीले चार घण्टाको परीक्षणपछि पुनः उडान भरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमानमा ७७ जना यात्रु थिए । दिउँसो १२ बजे पटना विमानस्थलमा आकस्मिक अवतरण गरेपछि विमानबाट हतार हतार यात्रुलाई बाहिर निकालिएको थियो ।

यसअघि उनीहरूलाई एअर इन्डियाको जहाजबाट पठाउने योजना रहेकोमा पछि विमान बङ्गलादेशकै जहाजबाट काठमाडौँ पठाइएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्