
काठमाडौँ, २६ असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले ढिलो चाँडो नेपाल श्रीलंकाको अवस्था पुग्ने बताएका छन् ।
आइतबार फेसबुकमार्फत श्रेष्ठले अहिले नै नेपाल श्रीलंकाको अवस्थामा पुगिनसकेको भएपनि सचेत रहन आवश्यक रहेको बताएका छन् ।
“हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौँ । यो सही नै हो । तर, तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार-सिद्धान्त एवं मूल्यविहीन भ्रष्ट-स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रूपमा पुर्याउने त्यतै हो,” उनले लेखेका छन्, ‘सचेत होऔँ र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौँ । ”







